नेता खनालको दिल्लीमा उपचार शुरु - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

नेता खनालको दिल्लीमा उपचार शुरु


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालको भारतमा उपचार सुरु भएको छ । खनालको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको हो । यसअघि खनाल चीन गएर उपचार गराएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका थिए ।

नियमित स्वास्थ्य परीक्षणका लागि नेता खनाल भारतको दिल्ली जानुभएको स्वकीय सचिब कृष्ण भट्टराईले जनाएका छन् ।

चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको सचिवालयले जनाएको छ । यद्यपी, खनाललाई भेट्न भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्य अस्पताल गएका छन् ।