गगनको कब्जामा कांग्रेस
- किशोर नेपाल
कांग्रेस सभापतिमा गगन थापाको चयन ‘अस्वाभाविक’ थिएन । तर, यो ‘प्रतिस्पध्र्दात्मक’ पनि थिएन । बितेका दुई दशकदेखि लोकतान्त्रिक राजनीतिमा सक्रिय रहेका गगन थापाले कांग्रेस सभापति बन्न छड्के बाटो नरोजेको भए उनको राजनीतिमा थप चमक आउने थियो ।