नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दललगायत अन्य सबै दलसँग संवादको अग्रसरताका साथ सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको माग गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष, केपी शर्मा ओलीले, सुन प्रकरणमा आवाज उठाएकैले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको पाँच वर्षम पुराना भनिएका राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि पुरानै ढंगबाट अघि बढे राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने बताएका छन् ।
नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा बिभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।
सरकार गठन गरेको २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई नागरिक समाज र बौद्धिक वर्गले चाखपूर्वक हेरिरहेका छन् । नेकपाको पचहत्तर बर्षे यात्राका क्रममा देशले अनेकौँ आरोह अवरोह भोगेकोे छ । भीमकाय युद्धको ज्वालामा पाकेर समकालीन राजनीतिक दलसँग मिलेर गणतन्त्रको नेतृत्व गर्दै आएको माओवादी दल देशको तेस्रो भए पनि यसका अध्यक्ष प्रचण्ड संघीय गणतन्त्रको नेतृत्व गर्दै हुनुहुन्छ ।""
प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो ।