मुख्यमन्त्री हिक्मत कार्की हटाउन जोखिम
- रुपान्तरण
केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुलुकका सात वटै प्रदेश केन्द्रको प्रभावमा छन् । सरकार परिवर्तनको दबाबमा पनि छन् । ६ वटा प्रदेशमा फेरबदल भइसकेको छ । तर कोशी प्रदेश विशिष्टिकृत अवस्थामा गुज्रिरहेको छ । केन्द्रीय सत्ता टिकाउन साथ दिएका दलहरु कोशी प्रदेशका सवालमा अलमलमा छन् । निर्णय गर्न सकिरहेका छैनन् । सरकार ढाल्न मात्र होइन नयाँ सरकार बनाउन पनि सत्तापक्ष वा प्रतिपक्ष रहेका सबै दलहरुलाई अफ्ठयारो अवस्था छ ।