बामदेव गौतम एमालेमै !
- रुपान्तरण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले एमालेमा ७० वर्षे उम्मेर हद हटाउने भएपछि बामदेव गौतम एमालेमै आउने भन्नु भएको छनि भन्ने प्रश्न गरेपछि ओलीले सो कुरा बताएका हुन् । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।