चार दलबिच ८ बुँदे सहमति, मन्त्रालय बाँडफाँटको तयारी
- रुपान्तरण
नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले, माओवादी, रास्वपा र जसपाको बैठकबाट ८ बुँदे लिखित सहमति भएको हो । सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।