मनमोहक मुस्ताङ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मनमोहक मुस्ताङ


हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने प्रायः मानिसहरु मुक्तिनाथ, जोमसोम र कागवेनीको फन्को लाएर फर्किन्छन् । यहींको प्रकृति र रहनसहनमा रमाएर यात्रालाई स्मरणीय बनाउँछन् । तर त्यहाँ भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरुको अनुभूति अझ बढी रोमान्चक बनाउने गरेका छन् । जोमसोम, कागवेनी, लोमान्थाङका खुल्ला र पठार क्षेत्र घुमफिर गर्नेका रोजाइमा पर्छन ।

सिरसिरे बतास, हिमाली मरुभूमी, ऐतिहासिक केभ(गुफा)हरु, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल–चीनको सिमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरुका यात्रालाई जीवनभरका लागि अवीस्मरणीय बनाउन सकिन्छ ।

कालिगण्डकी नदीको तिरैतिर उराड डाँडाहरु पार गर्दै पुगिने लोमान्थाङ साहसीक यात्रीहरुका लागि पछिल्लो अब्बल गन्तब्य बनिरहेको छ । आँखै अगाडि देखिने निलगिरी र धौलागिरी हिमालको दृश्यले मन चंचल बनाइदिन्छ । र प्राचिन गुफाहरुले ध्यान खिच्छ । तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य यो स्थान रोजाइमा पर्छ ।

 

"