देउवा-मोदीबीच चार सम्झौतामा हस्ताक्षर - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

देउवा-मोदीबीच चार सम्झौतामा हस्ताक्षर


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो । उनीहरूले संयुक्त रुपमा भारतको सहयोगमा निर्माण भएको सोलु करिडोर विद्युत् प्रसारण लाइनको पनि उद्घाटन गरेका थिए ।

यसअघि उनीहरुले चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उनीहरूले त्यहींबाट भर्चुअल रूपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् । संयुक्त रूपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।