स्वदेश फर्किए देउवा - रुपान्तरण
 २०८१ बैशाख २९, शनिबार    

स्वदेश फर्किए देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका थिए । प्रधानमन्त्री देउवा आइतबार साँझ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका थिए । उनले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गरेका थिए ।

बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवा सत्ताधारी दल भारतीय जनता पार्टीको मुख्यालय गएकोप्रति आलोचना भइरहेका बेला परराष्ट्रमन्त्री डा.नारायण खड्काले उक्तबारे स्पष्ट पारेका छन् ।

देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको उनले तर्क गरेका छन् ।त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसटँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा)को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।