सिफारिस भएका २० देशका राजदूतमा को-को ? - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सिफारिस भएका २० देशका राजदूतमा को-को ?


काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ भएपछि त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमतिपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

सिफारिस भएकामा बिष्णुपुकार श्रेष्ठ–चीन, बासुदेव मिश्र–श्रीलंका, दानबहादुर तामाङ–दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल–स्पेन, मिलन तुलाधर–रूस, डिल्लीराज पौडेल–मलेसिया, शान्ता रिजाल–इजरायल, नवराज सुवेदी–साउदी, घनश्याम बन्जाडे–बंगलादेश, दुर्गाबहादुर सुवेदी –जापान, निर्मलराज काफ्ले– ब्राजिल, भरतकुमार रेग्मी–अष्ट्रिया, सुशीलकुमार लम्साल–इजिप्ट, कैलाश पोखरेल–अष्ट्रेलिया, डिल्लीराज पौडेल– कतार, ज्योति प्याकुरेल–दक्षिण कोरिया, रामसुरज राय यादव–डेनमार्क, डोरनाथ अर्याल, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्लेलगायत छन् ।

"