एमालेको घोषणा पत्र : गठबन्धनको चर्को आलोचना - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

एमालेको घोषणा पत्र : गठबन्धनको चर्को आलोचना


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जोडेको थोत्रा टालाको पुतली’को संज्ञा दिएका छन्।सत्तारुढ गठबन्धनलाई एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । बेहाल अवस्थामा रहेको गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताए ।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि दोहोर्याए । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उहाँले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गरे ।

चैत्र महिना भित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भनेपनि सरकारले नसकेको भन्दै अध्यक्ष ओलीले बर्खामा बाढि पसेपछि मात्रै सरकारले पानी नभइ काठमाडौंमा टनेलमार्फत भल खसाल्ने बताए ।

एमालेले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि आफ्नो घोषणा पत्र पनि जारी गरेको छ। शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।

जनादेशको विस्थापन, परमादेशको शासन र्शीषकमा घोषणपत्रमा गठबन्धनको आलोचना गरिएको छ । घोषणा पत्रको सातौं पृष्ठको अन्त्यदेखि आठौंको सुरुमा एउटा लाइन छ त्यसमा मात्रै एमालेबाट नेपाल समुह अलग भएको सुईंको लाग्छ ।

मुलुकले हासिल गरेको राजनीतिक स्थायित्व र सामाजिक आर्थिक रुपान्तरण तथा समृद्धिको जगलाई भत्काउने प्रयोजनका लागि कुटिल तरिकाले अध्यादेश जारी गरेर नेकपा (एमाले)लाई चोइट्याउने काम गरियो । विपरीत विचारधारा एवं पृष्ठभुमिका समुहहरुको अवसरवादी गठबन्धन निमार्ण गरियो, घोषणा पत्रमा उल्लेख छ ।

बरु नेपाली कांग्रेसलाई भनेर एमालेको घोषणा पत्रमा तोकेरै आलोचना गरिएको छ । ‘दुई दुई पटक बहुमतको सरकार चलाएको र आफुलाई मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक शक्ति दाबी गर्ने नेपाली काङ्ग्रे आज वैचारिक स्खलन, राजनीतिक विचलन र पहिचानको सङ्कट झेलिरहेको छ,’ घोषणा पत्रमा उल्लेख छ ।

‘सत्ता स्वार्थ र नेकपा (एमाले) प्रतिको पूर्वाग्रह, भय र प्रतिशोधको भावनाले यो पार्टी आज जस्तासुकै दल या पक्षहरूसँग पनि साँठगाँठ गर्न, सत्ता टिकाउनका लागि जस्तासकैु संस्थामाथि पनि प्रहार गर्न र लोकतान्त्रिक संरचनालाई भताभुङभु्ग पार्न उद्यत देखिएको छ’ एमालेको घोषणा पत्रमा लेखिएको छ । यसबाहेक पूरै सत्तागठबन्धनभित्रका कम्युनिस्ट दललाई पनि एमालेको घोषणा पत्रले प्रहार गरेको छ ।

‘आफूलाई वामपन्थी भन्ने के ही व्यक्ति र समुहको वैचारिक स्खलन र राजनीतिक विचलन उदाङ्गो भएको छ । वामपन्थीसरकार ढालेर दक्षिणपन्थीहरूलाई सरकारको नेततृत्व सुम्पनु, मुलुककै नेततृ्वदायी शक्तिका रुपमा स्थापित कम्युन्युिष्ट आन्दोलनलाई विभाजित गरेर त्यसको एउटा हिस्सालाई नेपाली काङ्ग्रेस नेतृत्वको मोर्चाभित्र एउटा मामुली अङ्गका रुपमा विलयन गर्नु र स्थायित्व एवं समृद्धिको अभियानलाई विफल पार्न निर्णायक भमिू का खेल्नुले उनीहरूभित्र निहित दक्षिणपन्थी अवसरवादलाई अभिव्यक्त गरेको छ,’ घोषणा पत्रमा लेखिएको छ ।

‘विचारमा दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकताको प्रतिनिधित्व गर्नेयी पात्र र समहहरू अझै पनिदक्षिणपन्थी शक्तिको छहारीमुनि ओत लागेर समाजवादको कुरा गर्दैछन्। योभन्दा हास्यास्पद प्रहसन अरु के हुन सक्छ ?’ एमालेको घोषणा पत्रमा उल्लेख छ ।