निर्वाचन आयोगको नयाँ निर्देशन - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

निर्वाचन आयोगको नयाँ निर्देशन


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भए पछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको भएको आयोगले जनाएको छ ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पुयाई बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो । बन्दसूचीमा नाम रहेसम्म स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन नपाउने पनि आयोगले प्रष्ट पारेको छ । “मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न तोकिएको मितिको अघिल्लो दिन अर्थात २०७९ बैशाख १० गते भित्रमा प्रक्रिया पु¥याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्दसूचीबाट त्यस्तो व्यक्तिको नाम हटाउन आयोग तत्पर रहेको छ” विज्ञप्तीमा उल्लेख छ ।

नेपालको संविधानको धारा ८४ र १७६ ले प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित सदस्यहरू रहने व्यवस्था गरेको छ ।