सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’


काठमाडौं । निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताइदिएपछि मंगलबार बसेको निर्वाचन आयोगको बैठकले तिवारीलाई ‘उदाउँदो सूर्य’ चिन्ह नै दिने निर्णय गरेको हो । तर, उनले पार्टीको नाम भने परिवर्तन गर्नुपर्ने हुन्छ ।

आयोगले १५ दिनभित्र आफ्नो सुधारसहितको विवरण पेश गर्न पनि तिवारीलाई जानकारी गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तर, नेकपा एकतापछि नेकपा ९माओवादी केन्द्र० दर्ता गराएका गोपाल किराँतीले भने दलको नामसँगै निर्वाचन चिन्हसमेत नयाँ नै छान्नुपर्ने भएको छ । सर्वोच्च अदालतले २०७५ जेठ २३ गतेको अवस्थामा दुई पार्टीलाई फर्काइदिएसँगै किराँतीले दर्ता गराउनुभएको नेकपा (माओवादी केन्द्र) अब पुष्पकमल दाहालको हुने भएको छ ।

किराँतीले पाएको दलको नाम र निर्वाचन चिन्ह साविकको प्रचण्ड नेतृत्वको दलसँग मिलेका नाम र चिन्ह नयाँ छान्नु पर्ने भएको हो । आयोगले किराँतीलाई पनि १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न समय दिएको छ ।

यस्तै आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा ९माओवादी केन्द्र०लाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा प्रचलित कानुनबमोजिम निवेदन दिन आग्रह गरेको छ ।

आयोगले सर्वोच्चको फैसलासँगै व्यूँतिएको एमाले र माओवादी केन्द्रको विवरण संघीय संसद्सँगै सातवटै प्रदेश सभा संसद्मा जानकारी पनि गराउने भएको छ ।