हप्ताको दुई दिन सार्वजनिक बिदा - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

हप्ताको दुई दिन सार्वजनिक बिदा


काठमाडौं । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।