वैशाख ३० गते सार्वजनिक बिदा दिन माग - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

वैशाख ३० गते सार्वजनिक बिदा दिन माग


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।

यस्तै, बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको अर्यालले बताए ।