मुल नेताहरू वाम एकताको विपक्षमा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मुल नेताहरू वाम एकताको विपक्षमा


काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएसँगै नेपाली राजनीतिमा नयाँ बहसहरु शुरु भएका छन् । विशेषत नेकपा (एकीकृत समाजवादी)का नेताले एकताको प्रसंगलाई अगाडि सारेका छन् । सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकता संभव भए पनि वामपन्थी आन्दोलनका मुल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी बताएका छन् ।

विहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको पारिसकेको भए पनि खनालले शुक्रबार फेरि उही प्रसंग उठाइका हुन् । अध्यक्ष नेपालले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरूनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो, तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरू एकताको पक्षमा छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

तर अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताइसकेका छन् । उनले भने,‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन ।’