देउवा सरकारमा नयाँ मन्त्रीहरु - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

देउवा सरकारमा नयाँ मन्त्रीहरु


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी सचिवालय स्रोतका अनुसार सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम सिफारिस भएको छ । ति मध्ये अछामका कुँवर गैर सांसद हुन ।

अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए । उनले नयाँ मन्त्रीहरुको नाम बुझाएका थिए । मन्त्री फेरिनु नियमित प्रक्रिया भएको उनको प्रतिक्रिया थियो ।

देउवा सरकारमा अहिले एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङ थिए। उनीहरु आठ महिनादेखि मन्त्री थिए । यस पटक खापुङ बढुवा भएका छन् ।

 

"