वातावरण जोगाउन काठमाडौंमा प्रदर्शन - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

वातावरण जोगाउन काठमाडौंमा प्रदर्शन


काठमाडौं । विश्व वातावरण दिवस –२०२२ को अवसरमा काठमाडौं माइतीघर मन्डलामा युवाहरुले प्रदशन गरेका छन् । सन् १९७४ देखि प्रतेक बर्ष जुन ५मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालमा ‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जिवनयापन’भन्ने राष्ट्रिय नारा सहित विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको हो ।

वातावरण दिवसको अवसर पारेर युथ एडभोकेसि नेपालको आयोजना र आईएम स्विडिस, नाफान, ग्लोलवलपिस फाउन्डेससन, दलित युथ एलाईन्स तथा वाइएनपिडी जस्ता विभिन्न सामाजिक सघं सस्थाको सहकार्यमा माइतीघर मन्डलामा एक घन्टा प्रदर्शन गरिएको हो । विकास उन्मुख राष्ट्र नेपालका विभिन्न वातावरणीय सवालहरुलाई प्रदनर्शनकारी युवाहरुले प्लेकाडका माध्यमबाट प्रर्दशन गरेका हुन ।

प्रदर्शनमा ‘वातावरण संरक्षण गरौँ सभ्य मानिसको परिचय दिऔ’,‘युवाको रहर : वातावरणमैत्री शहर’,‘डोजरे विकास अन्त्य गर’,‘वनविनास अन्त्य गर’,‘प्रकृतीको संरक्षण गरौं’, ‘हरितगृह ग्यास उत्सर्जन बन्द गर’,‘प्रकृतीको संरक्षण गर’लगायतका वातावरण सम्बन्धी विभिन्न नाराहरु लगाएका थिए ।

प्रदर्शनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी केशव दाहालले फोहोरमैला व्यवस्थापनमा युवाहरु सक्रिय रुपमालाग्नु पर्ने वताए । उनले काठमाडौमा फोहोरमैला व्यवस्थापन मुख्य वातावरणिय समस्या रहेको र यसलाई व्यवस्थापन गर्न कुहने र नकुहने फोहरलाई छुट्याउनु पर्नेमा दाहालको जोड थियो ।

महिलाअधिकारकर्मी सुनिता विसुङकीले जलवायु परिवर्तनको कारण, यसका असर तथा सामधानको उपायहरुको विषयमा गाँउगाँउमा जनचेतना फैलाउनुपर्ने वताइन । युवाहरुले स्थानीय निकाय देखि नै वातावरण संरक्षण, प्रवद्र्धन र जनचेतना फैलाउने काममा अग्रसर रहनु पर्नेमा जोड दिइन् ।

नेपाली समाजको जीवनयापन पद्धति र जिविकोपार्जन गर्ने उपाय र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध रहेको र मानिसको जिवन प्रकृतीसँग जोडिएको हुनाले यसको संरक्षणमा युवाहरु सक्रिय रुपमा लाग्नुपर्ने माअधिकारकर्मी दिपक सोनीको जोड थियो । उनले अगाडी भने,‘जलवायु परिवर्तनको कारणले हिउँ पग्लिरहेको र सेता हिउँले ढाक्ने पर्वतहरु कालापत्थरमा परिणत हुँदै गएको हुनाले राज्यले हरित गृह ग्याँसको न्यूनिकरण गर्न पहल गर्न पर्दछ ।’

पृथ्वी सबैको साझाघर भएकाले यसको संरक्षणमा विश्वका सबै नागरिकहरुको दायित्व भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए । पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्यियस कायम गर्नका लागि औद्योगिक राष्ट्रहरुले हरितगृह ग्याँसको न्युनिकरण गर्दै स्वच्छ उर्जालाई अबलम्बन गर्नुपर्नेमा खतिवडाको जोड थियो । ७० भन्दा वढी युवाहरुको सहभागितामा आयोजना भएको कार्यक्रमको सहजीकरण युथ एड्भोकेसी नेपालका केन्द्रिय सदस्य विनय कार्कीले गरेका थिए ।

 

 

"