आइतबार साप्ताहिक बिदा नदिने निर्णय - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

आइतबार साप्ताहिक बिदा नदिने निर्णय


काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका लागि भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोमबार नै सर्वोच्च अदालतमा दुई दिन साप्ताहिक बिदा दिने सरकारको निर्णयविरुद्ध रिट परेको थियो । जसको पेशी मंगलबारलाई तोकिएको थियो ।