मलको कथा उस्तै, अभाव उस्तै - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

मलको कथा उस्तै, अभाव उस्तै


काठमाडौं । धान रोप्ने मुख्य सिजनमा रासायनिक मलको अभाव खड्किएपछि नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेपछि नेताहरु सरकारको कार्यशैलीविरुद्ध उत्रिएका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाले असारको मसान्तसम्मा मल नआउने ठोकुवा गरेका छन् ।

प्रतिनिधी सभामा बोल्दै थापाले भने, मंगलबार मात्र कृषि मन्त्रालयले वक्तव्य निकालेको छ । असारको मसान्तसम्मा १ लाख ९२ मेट्रिक टन आउँछ । सभामुख महोदय आउँदैन, आउन सक्दै सक्दैन ।’

जेठ र असारमा करिब २ देखि ३ लाख मेट्रिक टन चाहिने महामन्त्री थापाले बताए । उनले भने, कृषि मन्त्रालयले जुन बजेट ल्याएको छ त्यो प्रशंसनीय छ । उत्पादन बढाउनका लागि आधारभूत सामाग्री भनेको मल हो । नेपालमा ८७ केजी प्रति हेक्टर मल प्रयोग भए हुन्छ । प्राविधिक रूपमा हामीलाई चाहिने १२ लाख ९७ हजार मेट्रिक टन टन हो । तर अहिले को ५ लाख ३० हजार मेट्रिक टन भए हुन्छ । जेठ र असारमा करिब २ देखि ३ लाख मेट्रिक टन चाहिन्छ ।’

उनले सबै फेरिए पनि मलको कथा भने उस्तै रहेको बताए । उनले भने,‘अहिले मौजात ७ हजार मेट्रिक टन छ । २० हजार बाटोमा छ । ६०(७० हजार आउँछ भनेको छ । दिनको २ हजार मेट्रिक टन भन्दा आउन सक्दैन । यो अहिले मात्र भएको होइन, अघिल्ला वर्षमा पनि त्यस्तै भएको थियो । सरकार फेरियो, मन्त्री फेरियो, मानिसहरू फेरिए तर मलको कथा जहिले पनि यस्तै रह्यो ।’

सांसद गङ्गा चौधरीले,‘बाँझो खेत राख्ने किसानलाई कारबाही हुने तर मल नदिने मन्त्रीले के पाउलान् होलान् भनी प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले कृषि सम्बन्धी जानकारलाई मन्त्री बनाउनुपर्ने बताइन् ।

उनले भनिन्,ु ‘धान पहिले फल्छ की चामल पहिले फल्छ, थाहा नपाएका व्यक्तिलाई मन्त्री बनायो भने कस्तो बजेट आउँछ ? बाँझो खेत राखे कारबाही गरिन्छ भनिएको छ भने समयमा मल नदिने सरकारका मन्त्री तथा कृषि मन्त्रालयका कर्मचारीले कस्तो प्रकारका पुरस्कार पाउ छन् ?’
यता सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने बताए पनि अझै ल्याउन सकेको छैन । मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाइसकेको छ । ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्। आव २०७९/८० मा १ लाख ७० हजार, २०८०/८१ मा १ लाख ९५ हजार, २०८१/८२ मा २ लाख १० हजार र २०८२/८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले जनाएको थियो।

हालै भारत भ्रमणका क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित भइसकेको आश्वासन दिएका छन् । यादवले सोमबार भारतका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् ।

 

"