नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा सीमित ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा सीमित !


काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदनका अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो ।

विश्व बैंकले यसअघि जनवरीमा गरेको प्रक्षेपणभन्दा शून्य दशमबल २ प्रतिशत बिन्दुले बृद्धिदरको अनुमान घटाएको हो । यस्तै अर्को वर्ष २०२३/२४ मा भने नेपालले आर्थिक बृद्धिदर ५ दशमबल ८ प्रतिशत पुग्ने पनि बैंकको प्रक्षेपण छ ।

केन्द्रीय तथ्यांक विभागले भने चालु आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ५ दशमलब आठ चार प्रतिशत पुग्ने जनाएको छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धिदर माल्दिभ्सको १० प्रतिशत माथि पुग्ने अनुमान गरेको छ । यसैगरी, भारतको साढें ७ प्रतिशत र बंगलादेशको ६ दशमबल ७ प्रतिशत आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

यस्तै, भुटानको ४ दशमलब ७ र पाकिस्तानको ४ प्रतिशत आर्थिक बृद्धि हुँदा संकटग्रस्त श्रींलकाको आर्थिक बृद्धि भने साढें ३ प्रतिशतले ऋणात्मक रहने विश्व बैंकको अनुमान छ । यो बर्ष समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक बृद्धि ६ दशमबल ८ प्रतिशतमा सीमित हुने विश्ब बैंकको अनुमान छ ।

यसअघि यस क्षेत्रले ७ दशमलब ६ प्रतिशत बृद्धि हासिल गर्ने अनुमान बैंकले गरेको थियो । जबकी यसैबर्षको जनवरीसम्म पनि आर्थिक बृद्धि ४ दशमबल १ प्रतिशत पुग्ने अनुमान गरेको थियो । महामारीका बाबजुद पनि अघिल्लो बर्षको विश्वको आर्थिक बृद्धि ५ दशमलब ७ प्रतिशत पुगेको थियो ।