स्थानीय तह निर्वाचनमा कांग्रेसको ३९ लाख मत - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

स्थानीय तह निर्वाचनमा कांग्रेसको ३९ लाख मत


काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस पहिलो पार्टी भएको दाबी समेत गरेको छ । ३८ लाख ८३ हजार १३८ मतसहित पहिलो पार्टी बनेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

केन्द्रीय निर्वाचन परिचालन समिति मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेका हुन् ।

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय (१८८ अध्यक्ष र र १४१ प्रमुख), जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख), जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । वडाध्यक्षमा पाएको मतलाई पार्टीले पाएको मतका रूपमा प्रस्तुत गरेको कांग्रेसले गठबन्धबाटभन्दा एकल चुनाव लडेको स्थानमा बढी जितेको दाबी गरेको छ ।

गठबन्धनका कारण ६३२ स्थानीय तहमा मात्र प्रमुखको उम्मेदवारी दिन पाएको कांग्रेसले गठबन्ध गरेका स्थानमा जम्मा १२८ स्थानीय तह जितेको छ । गठबन्धन नगरेका स्थानमा २०१ स्थानीय तह कांग्रेसले जितेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखमा गठबन्धनबाट जम्मा ८५ जितेकोमा एक्लै चुनाव लडेका स्थानबाट २१५ स्थानमा जित निकालेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।

"

"