प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले गर्दैन् : सभापति देउवा - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले गर्दैन् : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यतिबेला मुलुक गम्भीर अवस्थामा पुगेकाले कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन् ।

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएकाले अब सबै जनताको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । देउवाले भने, ‘वर्तमान सरकारलाई जनता मरुन कि बाँचुन मतलब छैन् ।’

सभापति देउवाले राजाले हुर्काएका कम्युनिस्टहरु अहिले आफैं राजा बनेको बताए । उनले भने, ‘हामीलाई राजाले धेरै दुःख दिए पनि अहिले कम्युनिष्टहरु आफैं राजा बने ।’

देउवाले नेकपा भित्रको विवादबारे आफूहरुलाई कुनै मतलव नभएको बताए । फरक प्रसंगमा उनले अदालतभन्दा ठूलो अदालत जनता भएको बताउँदै उनले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने स्पष्ट पारे ।

अदालतको निर्णय आफूहरुलाई मान्य हुने दोहोराउँदै देउवाले निर्वाचन आयोगले काम कारवाही ढिलाई गर्नु रहस्यमय भएको बताउँदै आयोगको भूमिकामा शंका व्यक्त गरे ।

"

"