ओलीको कार्ड : महन्थ ठाकुरलाई प्रधानमन्त्री ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

ओलीको कार्ड : महन्थ ठाकुरलाई प्रधानमन्त्री !


काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट सकरात्मक भएको बालुवाटार स्रोतको दाबी छ ।

बिहीबार साँझ बालुवाटारमा सकिएको भेटघाटमा सत्ता समीकरणका विषयमा कुरा भएको थियो । तर जसपाका नेताहरुले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पूरा गरे सरकारमा सहभागी हुन तयार रहेको धारणा राखेका थिए ।

उनीहरुले विगतमा जस्तो कागजमा सहमति गरेर नभइ कार्यान्वयन भएपछि मात्र सत्ता सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए । त्यसक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरलाई नयाँ बन्ने सरकारको नेतृत्व गर्ने सम्मको प्रस्ताव एमाले नेताहरुले गरेका छन् ।

तर यसबारेमा जसपामा नेताहरू औपचारिक रूपमा बोल्न चाहन्नन् । जसपाका एक पदाधिकारीले प्रधानमन्त्री ओलीबाट ठाकुरलाई यस्तो प्रस्ताव आएको दाबी गरे । केही दिन यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन् । यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन् ।

 

 

"