विकाश ठाकुरलाई सर्लाही कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

विकाश ठाकुरलाई सर्लाही कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता विकाश कुमार ठाकुर मनोनित भएका छन् । जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शुक्रबार ठाकुरलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

सर्लाहीमा कांग्रेसको उपस्थिति बलियो बनाउन ठाकुरले रणनीतिक तथा प्राविधिक रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । गुटबन्दी र अन्तर्घातमा फसेको कांग्रेसलाई एकताबद्ध बनाउने सशक्त नयाँ नयाँ नेतृत्व ल्याउन युवाको रुपमा नेता कार्यकर्तालाई खबरदारी गर्ने, परिवर्तनको आवश्यकता बोध गराउन सूचना तथा प्रविधिका माध्यमबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

सशक्त नेतृत्वको बलमा कांग्रेसले सर्लाहीमा स्थानीय तह निर्वाचनमा इतिहासमै ऐतिहासिक बहुमत हासिल गरेको छ। स्थानीय चुनावमा पनि युवा नेता ठाकुरले अन्तर्घातबाट जोगाएर पार्टीका उम्मेदवार जिताउन सक्रिय भएका थिए ।

समग्रमा जिल्लामा कांग्रेसको सुधारका लागि भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिले युवा नेता ठाकुरलाई सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ । युवा नेता ठाकुर समाजसेवादेखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । हिन्दुवादी युवा नेता ठाकुरले सनातन धर्मको रक्षाका लागि पनि भूमिका खेल्दै आएका छन् ।

कांग्रेसमा उनको आगमनलाई मधेसमा युवा पुस्ताको प्रतिनिधित्वको रुपमा पनि हेरिएको छ । मधेसका युवाहरुले उनलाई मनोनित गरेकोमा स्वागत गर्दै कांग्रेसको सर्लाही नेतृत्वलाई धन्यवाद पनि दिएका छन् ।