‘होण्डा मनसुन एक्सचेन्ज’मा आकर्षक उपहार - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

‘होण्डा मनसुन एक्सचेन्ज’मा आकर्षक उपहार


काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजार सम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हातपार्न सकिने जनाएको छ ।

त्यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनील ेजनाएको छ । योजना २०७९असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ ।

यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।