नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का


काठमाडौं । नेपाली कांग्रसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्कालाई मनोनित गरेको छ । खड्कालाई सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियामवली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।