मन्त्रिपरिषद् पुनर्गठन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

मन्त्रिपरिषद् पुनर्गठन


काठमाडौं । सरकारका केही मन्त्रीहरु हेरफेर भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

हेरफेर भएका सबै नेकपा एसका मन्त्रीहरु हुन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।

मन्त्रीहरूको शपथ भने भोलि सोमबार हुने भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबार ११ बजेपछि शपथ गराउने तयारी छ । मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनेछन् । २२ जेठमा बसेको नेकपा एसको सचिबालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको थियो ।