निर्वाचनको मिति घोषणाको तयारी - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

निर्वाचनको मिति घोषणाको तयारी


काठमाडौं । प्रनितिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिरसम्ममा गर्नुपर्ने संवैधानिक बाध्यतामा रहेको सरकारलाई मिति तोक्न सकस परिरहेको छ । निर्वाचन आयोगले कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन हुने जनाए पनि ठ्याक्कै मिति तोकिसकेको छैन ।

आयोगले प्रधानमन्त्री बुधबार शेरबहादुर देउवासँग भेटेर मिति प्रस्ताव गर्ने तयारी मात्र गरेको छ । र तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच हिजो शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका थिए ।

आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले कार्तिक ३०, मंसिर २ र मंसिर ५ गतेमध्ये एक मिति औपचारिक प्रस्ताव गर्ने तयारी छ । आयोगले एकै चरणमा गर्नुपर्ने सुझाव दिने भएको छ । निर्वाचन खर्च कम हुने भएकाले एकै चरणमा गर्न सुझाव दिने भएको हो । यसअघि आयोगले मङ्सिर पहिलो सातासम्म निर्वाचन गरिको छ । नसक्नुपर्ने बताउँदै आएको थियो । निर्वाचनसम्बन्धी कानुन पेस गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

"

"