विश्वलाई स्तब्ध बनाउने आबेको मृत्यु प्रकरण - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

विश्वलाई स्तब्ध बनाउने आबेको मृत्यु प्रकरण


काठमाडौं । गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको घट्नाले विश्वलाई स्तब्ध बनाएको छ । विश्वका लोकप्रिय नेताको रूपमा परिचित आबे जापानको सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री थिए । शुक्रबार विहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको केहीबेरअघि मृत्यु भएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले पुष्टि गरिसकेको छ ।

आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताएका थिए । आक्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उनले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताए । आक्रमणपछि प्रधानमन्त्री किशिदाले घटनाको निन्दा गर्दै आबेको अवस्था गम्भीर रहेको जानकारी दिएका थिए । उनले लोकतन्त्रमा यस्ता हिंसलाई कुनै पनि स्थान नहुने पनि बताएका थिए ।

चुनाव प्रचारको क्रममा सडकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा आक्रमण भएको थियो । उनलाई पछाडिबाट आक्रमण गरिएको उनको दल लिबरल डेमोक्रेटिक पार्टीले जनाएको छ । प्रहरीले ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीलाई पक्राउ गरेको छ । उनी म्यारीटाइम सेल्फ–डिफेन्स फोर्सका सदस्य हुन् ।
तर आबेको हत्याको विषयले राजनीतिक र सामाजिक रूपमा शान्त मानिने जापानमा हत्या, हिंसाको प्रकोप देखिन थालेको संकेत भएको छ । पदमा रहँदा कहिले पनि विवादमा नपरेका आबेले निधनले विश्वजगत स्तब्ध छ ।

आबेको कार्यकालमा जापानको अर्थ व्यवस्थामा नयाँ परिवर्तन आएको थियो । आर्थिक नीतिलाई आबेनोम्क्सि भनि नयाँ शब्दले परिभाषित गरिँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मोदीनोमिक्स भनि भारतको अर्थव्यवस्थाको नामाकरण गरेको इतिहास छ ।

यता, नेपाल सरकारले आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।