सक्रिय राजनीतिबाट विदा लिने माधव नेपालको सोच - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

सक्रिय राजनीतिबाट विदा लिने माधव नेपालको सोच


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण गर्नुहुँदै अध्यक्ष नेपालले भने,‘राजनीतिका लागि समय निकाल्न धेरै सञ्चारकर्मीले समय मागे पनि मलाई समय निकाल्न गाह्रो भइरहेको छ ।’ अध्यक्ष नेपालले आफू ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको बताए ।

७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उनले उद्घोष गरे । उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको चर्चा गरे। यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको पनि उनको भनाइ छ ।

चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्छ, परिस्थितिको सामना गरेर विजयको ढोका खोल्नेतर्फ लाग्छौं उनले भने, ‘अब राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्लाजस्तो लागिरहेको छ, धेरै बस्न मन छैन ।’

अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएरै प्रतिष्पर्धा गर्ने पनि बताए । शुक्रवारको गठबन्धन दलको बैठकले निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने निर्णय गर्ने उनले बताए ।

तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहने उनको भनाइ छ । ‘नेपाली काँग्रेसलाई सबैथोक हुँ भन्ने लागेको होला, यसले बिगारेको छ’ उनले भने ।