प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेकाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भएको बताए ।

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गरे । प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई प्रजातान्त्रिक संस्कार नभएको आरोप लगाएका छन् । झुटा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर ओली सत्तामा बसिरहन खोजेको आरोप लगाउँदै उनले कांग्रेसले प्रजातन्त्रलाई स्थायी बनाउनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे । नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको उनको दावी छ । महिलाहरूलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने देउवाको भनाइ छ