गठबन्धनलाई सिट बाँडफाँटमा सकस - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

गठबन्धनलाई सिट बाँडफाँटमा सकस


काठमाडौं । सत्ताधारी गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन । कांग्रेस एक्लैले एक सय सिट दाबी गरेको छ।

विवाद मिल्न नसकेपछि बिहीबार साँझ शीर्ष नेताहरुमाझ सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिटको दाबी पेश गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेस गरेका छन् । प्रस्तावमा भएको सिट संख्यालाई हेर्दा सहमति हुने संभावना छैन ।

देशभर प्रतिनिधि सभा सदस्यका लागि १६५ क्षेत्र मात्रै रहेकामा गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेश गरेका छन् । जसमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ । विहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिन लागेको विषयमा पनि छलफल भएको थियो ।