भारतीय उद्योगपति अदानी बने विश्वकै तेस्रो धनी व्यक्ति - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

भारतीय उद्योगपति अदानी बने विश्वकै तेस्रो धनी व्यक्ति


काठमाडौं । अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलन मस्क विश्वकै धनीको सूचीमा परेका छन् । विश्वका सबैभन्दा धनी एलन मस्कको कुल सम्पत्ति २५१ अर्ब डलर छ ।

ब्लुमबर्गको अरबपति सूचीका अनुसार दोस्रोमा अमेजन प्रमुख जेफ बेजोस छन् । सीईओ जेफ बेजोसको कुल सम्पत्ति १५३ अर्ब डलर छ। भारतीय उद्योगपति गौतम अदानी विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । तेस्रो नम्बरमा रहेका ६० वर्षीय गौतम अदानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर छ।

कुल सम्पत्ति १३६ अर्बसहित बर्नार्ड अर्नाल्ट चौथो स्थानमा छन् भने पाँचौ स्थानमा बिल ग्रेट्स, छैटौमा वारेन बफेट रहेका छन् । रिलायन्स समूहका प्रमुख अम्बानी र चीनका ज्याक मा अदानीभन्दा पछि छन् ।

यस वर्ष फेब्रुअरीमा गौतम अदानीले अम्बानीलाई पछि पारेका थिए। अदानीको कुल सम्पत्ति अप्रिल २०२२ मा पहिलो पटक १०० बिलियन डलर नाघेको थियो। सन् २०२२ मा अदानी समूहको नेट वर्थ लगातार बढेको छ। अदानीको कुल सम्पत्ति यस वर्ष ९० अर्ब डलरले बढेको छ । गौतम अदानी अदानी समूहका संस्थापक हुन्। यो समूह भारतको सबैभन्दा ठूलो पोर्ट अपरेटर र सबैभन्दा ठूलो कोइला व्यापार गर्छ।