प्रदिप गिरी भर्सटायल र जिनियस नेता - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

प्रदिप गिरी भर्सटायल र जिनियस नेता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम समाजवादी चिन्तक प्रदिप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन् ।

बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका नेता गिरी भर्सटायल, जिनियस भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए । उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पुर्‍याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए ।

उनले गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए । उनले गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्‍याउने बताए । देउवाले गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्‍याएर उनका चिन्तनहरु अघि बढाउने बताए ।