केन्यामाथि नेपालको सानदार जित - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

केन्यामाथि नेपालको सानदार जित


काठमाडौं । ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १.० को अग्रता लिएको हो।

अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए। अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे। केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो । केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए । घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए।

केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीनरतीन विकेट लिए। यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक(एक विकेट आफ्नो नाममा लेखाए। दोस्रो खेल शनिबार हुनेछ।