नेपाल भ्रमणमा भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नेपाल भ्रमणमा भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे विभिन्न कार्यक्रममा सरिक भएका छन् । सोमबार विहान सैनिक मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन । साथै, राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण–पत्र प्रदान समेत प्रदान गरेकी छन् ।

प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो सम्मान प्रदान गरिएको हो । उक्त कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो ।तस्वीर : भारतीय दूतावास

"

"