‘खेल राजनीति’मा मुछिएका अल्मुताइरीको राजीनामा - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

‘खेल राजनीति’मा मुछिएका अल्मुताइरीको राजीनामा


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

उनले नेपाली टिमसँगको यात्रामा खुशी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । यसअघि पनि उनले राजीनामा दिएका थिए । अलमुताइरीले खेलाडीहरुलाई विवादमा मात्र मुछेका थिएनन् एन्फाका वर्तमान अध्यक्ष एवं तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई पनि विवादमा तानेर खेल राजनीति गरेका थिए ।

एन्फाले असोज ११ गते बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्केका थिएनन् । यद्दपी उनले बंगलादेशविरुद्धको खेलका लागि २६ खेलाडी डाक्न एन्फालाई आग्रह गरेका थिए ।

एन्फाले भने हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक घोषणा गर्दै ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । अल्मुताइरीले पद त्यागको घोषणा गरेको भने यो पहिलो पटक होइन । यसअघि उनले सामाजिक सञ्जालमार्फत पटक पटक पद त्यागको घोषणा गरेका थिए । कतार फुटबल संघको सहयोगमा अल्मुताइरीले २०७७ चैतमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।