सानेपाबाट देउवालाई शेखर–गगन पक्षको चेतावनी - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

सानेपाबाट देउवालाई शेखर–गगन पक्षको चेतावनी


काठमाडौं । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र गगन थापा पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । शेखर–गगन पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवाले डाकेर कोइराला पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी रहेका बेला शेखर–गगन पक्षका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने भन्दै बैठक डाकेपनि शेखर–गगन पक्ष विश्वस्त नभएको भन्दै धर्नामा बसेको हो । कांग्रेस नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्नामा बसेको बताए ।

आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।

शेखर–गगन पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति देउवालाई दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ।

बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति देउवाले गर्न नसकेको साथै पार्टीमा एकलौटी शासन व्यवस्था सभापतिबाट लादिएको भन्दै उक्त समूह विरोधमा उत्रिएको हो । पार्टीभित्रको आन्तरिक संरचना विस्तारमा मात्र होइन अन्तरपार्टी निर्वाचनमा पनि सभापति देउवाले एकलौटी गरेपछि प्रतिकारमा उत्रनुपरेको शेखर–गगन पक्षको दावी छ ।