रवीन्द्र मिश्रको ‘बैकल्पिक शक्ति’ राप्रपामा विलय - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

रवीन्द्र मिश्रको ‘बैकल्पिक शक्ति’ राप्रपामा विलय


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । राजतन्त्र पुनःस्थापना हुनुपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका उनी राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गराएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । राप्रपामा आठ उपाध्यक्ष हुने व्यवस्थामध्ये हाल ६ उपाध्यक्ष छन् ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् भने विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

राप्रपामा विलयसँगै मिश्रको आगामी राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने अहिले निश्चित छैन । बौद्धिक र तथ्यपरक तर्कशैली साथै इमान्दार पृष्ठभूमीका मिश्रले विवेकशील साझा पार्टीमा रहेर ठूलो राजनीतिक परिवर्तन ल्याउछन् भन्ने अपेक्षामा भने अब ब्रेक लागेको छ । साझा पार्टीमा उनको प्रवेशसगै तिब्र ध्रुवीकरण बढ्न थालेपछि मिश्रले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।थिए ।

विवेकशील साझा पार्टीको जुन उद्देश्य र सिद्धान्तका साथ अघि बढेको थियो मिश्रको प्रवेशले त्यसलाई विस्तारै धुमिल बनाउँदै लगेको विपक्षीहरुको बुझाइ छ । मिश्रले हिन्दूअधिराज्य र एकात्मक शासन व्यवस्थाप्रति आफ्नो झुकाव रहेको अभिव्यक्ति दिंदै राप्रपासँग नजिकिएपछि विवेकशीलका अन्य नेताहरु रुष्ट बन्दै गएका थिए ।

राजतन्त्रप्रति मिश्रको झुकावका कारण मिलन पाण्डे सहितको समूहले समानान्तर गतिविधि गर्न बाध्य भएको थियो । मिश्र असन्तुष्टको आवाज सम्बोधन गर्ने भन्दा पनि एकलौटी अघि बढ्दै गएपछि अन्ततः आफैं उक्त पार्टी त्यागको अवस्थामा पुगेको बुझाइ छ । मिश्रले २०७२ को संविधानले सुनिश्चित गरेको व्यवस्था उल्ट्याउनुपर्ने वकालत मात्र गरेनन् राजतन्त्रप्रति जनविश्वास बढेको तर्क गर्दै संघीयता र धर्मनिरपेक्षता जस्ता संविधानको अन्तरवस्तुलाई ‘आयातित’ भन्न भ्याएका छन् । जुन जनआन्दोलको मर्म विपरित थियो भनेर चर्को आलोचना समेत भइरहेको छ ।

वैकल्पिक शक्तिलाई मिश्रले उल्टो दिशामा लगेको भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको पक्षमा रहेका बहुसंख्यक नेताहरु उनको विरुद्धमा देखिएका थिए ।