घनश्याम भुसाल निकट ४९ जनाले एमाले त्यागे - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

घनश्याम भुसाल निकट ४९ जनाले एमाले त्यागे


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । केही समयअघि एमाले छाडेका भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएको हस्ताक्षरसहितको पत्र तथा प्रेस विज्ञप्ति बाहिरिएको छ । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् ।