कांग्रेसको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

कांग्रेसको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाएका थिए भने घोषणापत्र लेखन संयोजन समितिका डा.स्वर्णिम वाग्ले र डा.गोविन्द पोखरेलले घोषणा पत्रको अन्तरबस्तु बारेमा व्याख्या गरेका थिए ।

घोषण पत्रमा पटक पटक संसद् विघटन र संसदीय व्यवस्था नै मास्ने गरी केपी ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले बताए । घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको पनि सहमहामन्त्री परियारले बताए ।

घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र ुसमुन्नत नेपालु कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ ।

कार्यक्रममा कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए । बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा— उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा.रामशरण महत, अर्जुननरसिंह के।सी।, प्रवक्ता डा.प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले आफ्नो धारणा राखेका थिए ।