चुनावी कार्यक्रममा डा.शशांक कोइराला बेहोस - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

चुनावी कार्यक्रममा डा.शशांक कोइराला बेहोस


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।

कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।