ओली प्रधानमन्त्री बन्ने संभावना छैन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

ओली प्रधानमन्त्री बन्ने संभावना छैन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाए ,

दाहालले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।
उनले ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताए । दाहालले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको टिप्पणी गरे ।

पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए ।

यता,