गठबन्धनका उम्मेदवार जिताउनुहोस - रुपान्तरण
 २०८१ बैशाख २८, शुक्रबार    

गठबन्धनका उम्मेदवार जिताउनुहोस


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका छन् ।

अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, अपीलमा भनिएको छ । उनले सम्पूर्ण मतदातालाई पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।