चर्चित लोकदोहोरी जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

चर्चित लोकदोहोरी जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद


काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । बिहीवार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले वैवाहिक सम्बन्धलाई अन्त्य गरेका हुन् ।

बबिता र शंकरले केही वर्षको प्रेम सम्बन्धलाई ३ वर्षअघि विवाहमा परिणत गरेका थिए । जेरी र शंकरबीच ०७६ साल माघ १ गते विवाह भएको हो ।

सम्बन्ध विच्छेदपछि बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ। सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि क्षेत्रीले सहमतिमै डिभोर्स गरेको प्रतिक्रिया दिएका छन् । ‘सम्बन्ध टुंग्याउन मन त थिएन तर वैचारिक मतभिन्नता भएपछि सँगै बस्न सकिएन,’ शंकरले भनेका छन् ।

सम्बन्धविच्छेदपछि ‘जेरी’ले सामाजिक संजालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई ? मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनुपर्‍यो समयले । तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु । आजबाट अलग भयौं ।’