सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेकोमा स्पष्टीकरण - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेकोमा स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।

नम्बर प्लेटसमेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरेर माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ। “तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ। उक्त सवारीसाधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ ?, यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारीसाधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड((द)र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?”

आचारसंहिताको दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ९द० मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्या‍ली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ।