निर्वाचन बहिष्कार गर्दै आयोग कार्यालय अगाडी प्रदर्शन - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

निर्वाचन बहिष्कार गर्दै आयोग कार्यालय अगाडी प्रदर्शन


काठमाडौं । मंसिर ४ गतेको निर्वाचन बहिष्कारको माग चर्किएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

१५, २० जनाको समूहले निर्वाचन बहिष्कारको आव्हान गर्दै नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलगायतले निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।

निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका विभिन्न वामपन्थी दलहरुले चुनाव बिथोल्ने चेतावनी दिँदै आएका छन् । यता गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको बताइएको छ ।

बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो । विप्लव नेतृत्वलगायतका वामपन्थी दलहरुले पनि निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका छन् ।