काठमाडौं ९ मा एमालेका कृष्णगोपाल र ४ मा कांग्रेसका गगन विजयी - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल र ४ मा कांग्रेसका गगन विजयी


काठमाडौं । काठमाडौंका दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार २६५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमलाले ५ हजार ६४२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै यता, चासोका साथ हेरिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो ।

मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भएका हुन् । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईलाई १३ हजार ८५५ मत आएको थियो ।