११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा को-को भए विजयी ? - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा को-को भए विजयी ?


काठमाडौँ। प्रतिनिधि सभाका तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त नतिजा अनुसार नेपाली काँग्रेस ४० , नेकपा एमाले २८, माओवादी केन्द्र १२, एकीकृत समाजवादी १० स्थानमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २, नागरिक उन्मुक्ति २ र अन्यले ८ स्थानमा जित निकालेका छन् ।

यस्तै नेपाली काँग्रेसले १३ स्थानमा अग्रता बनाएको छ । नेकपा एमालेले २१, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले १०, रास्वपा ८, राप्रपा ६, जसपा ६, लोसपा ४ र नाउपाले ३ स्थानमा अग्रता बनाएका छ ।

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा– रामहरि खतिवडा
१५. झापा १– विश्वप्रकाश शर्मा
१६. पर्सा १– अजयकुमार चौरसिया
१७. गोरखा १– राजेन्द्र बजगाई
१८. म्याग्दी– खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री
२४. दैलेख २- दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. सिन्धुली १– श्यामकुमार घिमिरे
२७. तनहुँ १ – रामचन्द्र पौडेल
२८. बाँके ३– किशोरसिंह राठोर
२९. नवलपरासी पूर्व १–शशांक कोइराला
३०. रौतहट ४ – देवप्रसाद तिमलसेना
३१. धादिङ २– रामनाथ अधिकारी
३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की
३३. दाङ ३ – दीपक गिरी
३४. नवलपरासी पश्चिम १– विनोद चौधरी
३५. बर्दिया १ – संजय गौतम
३६. सुर्खेत १ – पूर्णबहादुर खड्का
३७. सप्तरी ३ – दिनेशकुमार यादव
३८. मोरङ ६ – डा. शेखर कोइराला
३९. धनुषा २ – रामकृष्ण यादव
४०. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५‍‍ .झापा २– देवराज घिमिरे
६. झापा ५– केपी शर्मा ओली
७. ताप्लेजुङ– योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची– टोपबहादुर रायमाझी
१०. प्युठान– सूर्य थापा
११. मकवानपुर २– महेशकुमार बर्तौला
१२. कास्की २– विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. झापा ४– लालप्रसाद (एलपी) साँवा लिम्बु
१७. सोलुखुम्बु–मानवीर राई
१८. धनकुटा १–राजेन्द्रकुमार राई
१९. सिरहा १ – रामशंकर यादव
२०. कपिलवस्तु १– बलराम अधिकारी
२१. बाँके १ – सूर्यप्रसाद ढकाल
२२. कञ्चनपुर १ – तारा लामा तामाङ
२३. बैतडी – दामोदर भण्डारी
२४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ
२५. सर्लाही ३ – हरिप्रसाद उप्रेती
२६. कास्की ३ – दामोदर पौडेल वैरागी
२७. बारा १ – अच्युतप्रसाद मैनाली
२८. बारा ३ – ज्वालाकुमारी साह

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली २- लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. खोटाङ– रामकुमार राई
१०. भोजपुर १ – सुदन किराँती
११. मोरङ ४ – अमनलाल मोदी
१२. रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी– प्रेमबहादुर आले
६. बझाङ– भानुभक्त जोशी
७.रौतहट १– माधवकुमार नेपाल
८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
९. दाङ १ – मेटमणि चौधरी
१०. डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी–
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १ – नवलकिशोर साह सुडी

लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी
१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया २– लालवीर चौधरी
२. मोरङ ५ – योगेन्द्र मण्डल
३. रौतहट २ – किरणकुमार साह
४. रौतहट ३ – प्रभु साह
५. सर्लाही ४ – अमरेशकुमार सिंह(onlineradionepal.gov.np)